काठमाडौं, १५ कात्तिक ।
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ । सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो।
पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन् । यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो ।
यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए । अक्टोबरमा भने पर्यटकको ‘फ्लो’ बढेको छ। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढ भएको बोर्डले जनाएको छ।
कोभिडअघि अर्थात् सन् २०१९ को अक्टोबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए । त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए ।
तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।
कुन मुलुकबाट कति पर्यटक भित्रिए ?
भारत : १८ हजार ४८०
अमेरिका : १४ हजार ८७९
बेलायत : ८ हजार २१७
चीन : ६ हजार ८८०
अष्ट्रेलिया : ६ हजार ०७५
जर्मनी : ५ हजार ९१६
फ्रान्स : ५ हजार २७१
बंगलादेश : ४ हजार २९२
श्रीलंका : २ हजार ५०७
इटाली : २ हजार ४६७
प्रतिक्रिया