देश

भारतबाट सयपत्री फूलको माला ल्याउन नपाइने



काठमाडौँ, १५ कात्तिक ।
सरकारले तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।

तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ । यस वर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकोले भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको पुष्प विकास केन्द्रको जारी सूचनामा उल्लेख छ ।

इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६