प्रदेश

लुम्बिनीको मुख्यमन्त्री कार्यालयकी कामु प्रमुख सचिव अर्याल सचिवमा बढुवा



बुटवल, १६ कात्तिक । हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिवमा कार्यरत राधिका अर्याल सचिवमा बढुवा भएकी छन् ।

उनी प्रशासनतर्फबाट सचिव बनेकी हुन् । बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले अर्यालसंगै विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन् ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६