प्रदेश

कांग्रेससँग मिलेर जनताको काम गर्न सम्भव छैनः बराल



बुटवल, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता सुदर्शन बरालले दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टीसँग गठबन्धन बनाएका कारण सरकारलाई आधारभूत जनताको काम गर्न कठिन भइरहेको बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत बुधवार लुम्बिनीमा भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता बरालले यस्तो बताएका हुन् ।

उनले विशेष राजनीतिक परिस्थितिका कारण दर्शन ,बिचार र राजनीति नै फरक परेका दलहरूसँग समेत गठबन्धन गर्नुपरेका कारण सरकारलाई अधिकतम जन पक्षीय बनाउन कठिनाइ परिरहेको बताए ।

नेता बरालले भने, ‘कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी भएकोले पूर्ण रुपमा आधारभूत जनताको काम गर्न सम्भव छैन ।’

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६