प्रदेश

सिद्धार्थनगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने



भैरहवा, २० कात्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको हो।

आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भूकम्पले बढी क्षति पुरर्‍याएको जाजरकोट र रुकुम पश्चिमका पीडितहरुका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्ड अनुसार पाँचरपाँच लाख रुपैयाँ प्रदान निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६