प्रदेश

मादल बिक्न छोडेपछि पेशा नै संकटमा



गुल्मी, २१ कात्तिक । तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई हुने समय हो । तर पछिल्लो समय भित्रिएको आधुनिक संस्कृतिले गर्दा तिहार पर्वमा पनि मादल किनबेल हुन छोडेको छ ।

जसले गर्दा मादल बनाउनेहरुको पेशा नै संकटमा पर्न थालेको छ । तिहार पर्वमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउने गर्नाले मादल बनाउनेहरुको लागि यतिबेला भ्याइनभ्याई हुने गर्दथ्यो ।

तर पछिल्लो समय गुल्मी जिल्लाका विभिन्न स्थानमा मादल बनाउनेहरुको पेश संकटमा पर्दै जान थालेको छ । ४० वर्षदेखि मादलको व्यवसाय गर्दै आएका डिलबहादुर नेपालीले पछिल्लो समय मादल बनाउन र बिक्री गर्न नै समस्या हुन थालेको बताए ।

मादल बनाउनको लागि आवश्यक पर्ने कच्चा सामाग्रीहरु नपाइदा मादल बनाउन नै समस्या हुँदै जान थालेको छ । मादन बनाउने सामान नेपालमा पाइँदैन ।

अन्य मुलुकबाट सामग्री ल्याउँदा महङ्गो पर्ने हुँदा मादल पनि महङ्गो हुँदै जान थालेपछि किनबेच हुन छोडेको नेपालीले बताए । मादन बनाउन, छाला र काठको समस्या हुने गरेको मादल बनाउनेहरुको भनाइ छ ।

कुनै समय वार्षिक ३ हजार पिससम्म मादल बेच्ने डिलबहादुर अहिले वार्षिक ७० पिस बेच्न पनि मुस्किल बेच्ने गरेको बताए । मदल बनाउन लागत धेरै हुँदा मूल्य पनि महँङ्गो हुँदै गएको मादल बनाउनेहरुको भनाइ छ ।

पछिल्लो समय मादलको प्रयोग पनि घटदै गएकाले बिक्री पनि कम हुँदै जान थालेको हो । मादलको सट्टामा विभिन्न साउण्ड सिस्टम प्रयोग गरेर कार्यक्रमहरु गर्ने गर्नाले पनि यसको खपत घट्दो छ ।

एउटा मादलको समान्यतया २५०० देखि ७ हजार रुपैयाँसम्ममा पर्छ । कुनै तालिम बिना नै मादल बनाउन सिकेका नेपालीले दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउने गरेको बताए ।

काठ, बाख्रा, भैंसी र गाई र गोरुको छाला, अंगार,खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ ।

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको मालद बनाउनेहरुको भनाइ छ । खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ ।

तम्घासमा तयार भएको मादल गुल्मी सहित छिमेकी जिल्लाहरुमा पुग्ने गरेको नेपालीको भनाइ छ । तीज र तिहारमा धेरै मादल खपत हुने गर्दछ । मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेशाप्रति ध्यान दिने गरेका छैनन् ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६