प्रदेश

अवैध काठ तस्करी प्रकरण लुकाउदै बन कार्यालय



कपिलवस्तु, ११ मंसिर ।
काठ तस्करहरुको समूहले केहि दिन अघि तिलौराकोट साझेदारी बन क्षेत्रमा गरेको अवैध रुख कटानीका घटना लुकाउन बन कार्यालय आफै लागेको छ । कार्तिक २८ गते राती तिलौराकोट साझेदारी बनमा भएको अवैध काठ तस्करीको घटना सामसुम पार्न खोजिएको हो । भाइटिकाको अघिल्लो दिन काठ तस्करहरुको समूहले बन्दोबस्तीका सामान सहित टेन्ट लगाएरै दर्जन बढि सालका रुख काटेका थिए । बन श्रोतका अनुसार खारखानी क्षेत्र नजिकै पूर्व–पश्चिम राजमार्ग संग जोडिएको २३ नम्बर प्लटमा ४ वटा ठूला सालका रुख काटिएका छन् । त्यहा काटिएका रुखबाट करिब २ सय क्यूफिट काठ तस्करहरुले ट्याक्टरमा लोड गरि लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको श्रोतको दाबी छ । साना हागाविगा भने बन कार्यालयले ल्याएको छ । यसै गरि २४ नम्बर र २९ नम्बर प्लटमा पनि केहि रुखहरु काटिएका छन् । चाडबाड र विदाको मौका पारि तस्करहरुले उक्त घटना घटाएको श्रोतको भनाई छ।


नेपालमै नमूना बैज्ञानिक बन व्यवस्थापन मानिएको तिलौराकोट साझेदारी बन र आफुलाई बन व्यवस्थापनको मोडल इन्जिनियर मान्ने डिभिजन बन प्रमुख बिजयराज सुबेदी कै क्षेत्रमा खुलेआम तस्करले बन कब्जा गरि अवैध कटान गरेको घटनाले बेइज्यत हुने डरले सामसुम पारिएको श्रोतको भनाई छ । उक्त क्षेत्रमा नियमित गस्ती निगरानीको जिम्मा पाएको गोरुसिंगे सब–डिभिजन बन कार्यालयको वेवास्ताका कारण घटना घटेको बताइन्छ । सब डिभिजनमा १ दर्जन बढि शशस्त्र बन रक्षक र बन हेरालु छन् तर उनीहरुलाई परिचालनको वेवास्ता गर्दा बन फडानी मात्र होइन, बन्यजन्तुको अवैध शिकार तथा काचा रुख कटान समेत रोकिएको छैन । “उहा आएको ३ बर्ष भयो काठ तस्करी बढेको छ तर अहिले सम्म एउटा पनि काठ तस्कर समातिएन, न एउटा मुद्धा चल्यो, यो आफैमा शंकास्पद छ” साझेदारीकै एक सदस्यले भने । श्रोतका अनुसार तस्करी भएर जाने काठहरु अधिकांश बाणगंगाका स–मिलहरुमा जाने गरेको छ त्यहा रहेका स–मिलको अहिले सम्म एक पटक पनि थापाले स्टक जाँच गरेका छैनन् ।

यता तिलौराकोट साझेदारी बन व्यवस्थापन समूहका अध्यक्ष जयप्रकाश पाण्डेले घटना बारे अर्कोदिन विहानै थाहा पाएको बताए । बनको रेखदेख गर्ने काम साझेदारीवाट हुने भएपनि रातीको समयमा पेशेवर तस्करले चोरी गरेर लगेको घटनामा अनुसन्धान र कारवाही गर्ने अधिकार साझेदारीलाई छैन भन्दै हामीले पनि डिभिजन वन कार्यलय नै गुहार्ने हो । हामीले सिरियसली वनलाई भन्यौ उनले सुनाए । “तल्लो भेग भन्दा माथिल्लो भेगमा काठको अवैध ओसार पसार बढेको छ तर सबै हामीले गर्न सक्दैनौ बन कार्यालयले पनि हेर्नुपर्छ” र हेर्नेपनि गरेको छ उनले भने । अन्य कम्पार्टमेन्टहरुमा पनि रुख काटिएको र केहि ढलापडा रुख दाउरा चिरिएको समेत उनले स्वीकारे । घटना बारे सब–डिभिजन बन प्रमुख बसन्त थापाले खासै प्रतिक्रिया दिएनन् ।

“चाडबाडको बेला काटिएको थाहा पायौ, अनुसन्धान हुदैछ, घटना बारेको जानकारी सबै डिभिजन बन कार्यालयमा पठाएका छौ, नियमित गस्ती बढाएका छौ” उनले भने । डिभिजन बन कार्यालयले यस घटनालाई सामान्य लिएको र कुनै प्रक्रिया अघि नबढाएको बताइन्छ । अनुगमनका नाममा समूहका सदस्यहरुलाई १० लाख भन्दा बढि भत्ता वितरण गर्ने र गस्तीका नाममा डिभिजन वनका हाकिम विजयराज सुबेदीलाई लाखौ बुझाउने साझेदारी बन समूह र कटान, छपान, पुनरुत्पादन लगायतका कार्यक्रममा रमाउने बन कर्मचारीहरु बन क्षेत्र आम्दानीको श्रोत बाहेक केहि देख्दैनन् ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६