देश

दैनिक भुकम्प पीडितको उपचार र पुर्ननिर्माणमा खटिदै एमाले कपिलवस्तुको टिम



हरि आचार्य
कपिलवस्तु १५ मंसिर
आफ्नो पेशा व्यवसाय छाडेर आधा महिना सम्म भुकम्प पिडितको उपचार, उद्धार र भत्किएका घरहरुको पुनः निर्माणमा खटिरहेको छ नेकपा (एमाले) कपिलवस्तुको टोली । स्वास्थ्यकर्मी, उद्योगी, व्यवसायी लगायत विभिन्न पेशा व्यवसाय सञ्चालन गर्दै आउनुभएका पार्टीका नेता तथा युवावर्गको टोलिले दैनिक श्रमदान गरिरहनुभएको छ ।


एमाले कपिलवस्तुको प्रतिनिधित्व गर्दै भुकम्प प्रभावित क्षेत्र पुगेको स्वयम् सेवकको टोली निरन्तर काममा रहेको छ ।
जिल्ला कमिटी अध्यक्ष डम्बर शर्माको नेतृत्वमा पुगेको टोलीले शुक्रबार ११ औँ दिनसम्म निरन्तर काममा रहेको हो । टोलीले रुकुम पश्चिमको आठबीसकोट, चिसापानी र जाजरकोटको नलगाढमा टोलीले काम गरिरहेको छ । भुकम्प प्रभावित सर्वसाधारणको स्वास्थ्य उपचारदेखि घरगोठ निर्माण गरिरहेको छ । टोलीमा रहेका नेता धर्मराज भट्टराईले चिसोमा काम गर्न समस्या भए पनि सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।


सरकार तथा बिभिन्न राहत बाँड्ने टोलीको काम प्रचार र चर्चामा आए जस्तो नभएको भन्दै धेरै प्रभावितहरु उद्धार र राहतको प्रतिक्षामा रहेको भट्टराइले बताए । आफूहरुको कामबाट धेरै आमाबुबाले राहत र उपचार पाएको उनले बताए । गत मंसिर ४ गते स्वयम् सेवकको टोली जाजरकोट गएको थियो ।


यता भुकम्प पिडितहरुको दयनीय अवस्था देख्न नसकेर एमाले कपिलवस्तुको प्रतिनिधित्व गर्दै भुकम्प प्रभावितहरुको घाउमा मल्हम लगाउन पाउँदा खुसी लागेको एमाले जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संयोजक कमल क्षेत्रीले अन्य राजनीतिक दलहरु निर्वाचनका बेला जनताको घरघरमा पुग्ने गरेको तितो सत्य सुनाउँदै एमाले पार्टी जनताको दुःख सुखको साथी रहेको बताउनुभयो । उहाँले देशैभरीबाट संयौँ युवाहरु स्वयंसेवकको रुपमा खटिएको बताउँदै निरन्तर भुकम्प पिडितहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६