जीवनशैली

कतिछिटो विकासका काम गरौ भन्ने हतारो छ तर सरकार जिम्मेवार बनेन : सांसद अघिकारी

जनतासंग जनप्रतिनिधी कार्यक्रम कोपवामा



कपिलवस्तु, १६ मंसिर ।जनता सवाल,समस्या र चुनौतीसंगै जनप्रतिनी रहेको प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । प्रतिनिधी सभा सदस्य एवम् नेकपा (एमाले)का केन्द्रिय सदस्य बलराम अधिकारीले जनताका समस्यालाई आफुले संसदमा उठाउदै आएको धारणा राख्दै जनगुनासाहरु समयमै राख्न आग्रह गर्नु भयो ।लुम्बिनी प्रदेश सांसद विष्णु पंथीले विकास निर्माणका सवाललाई आफुहरुले बोलेर नभई ब्यहारमा देखाएको तर्क गर्दै जनताका गुनासालाई फिल्डबाटै सम्बोधनका निम्ति कोशिस गर्दै आएको जिकिर गर्नु भयो ।

सासंद पंथीले जनताको घरदैलोमा पुग्ने र जनगुनासो सम्बोधन गर्ने काम आफ्नो पहिलो नम्बरको काम भएको दावी समेत गर्नु भयो ।कार्यक्रममा थानियले जनप्रतिनिधी समक्ष बुङची, जहदी सडक निर्माण, झण्डा घेरुवा बनगाई जोडने कजवे निर्माण, बैदौली देउवापार जोडने सडक निर्माण, चार मौजा सिचाई कुलो निर्माण, समग्र सिचाईका निम्ति पक्की कुलो निर्माण, छाडा चौपाया ब्यवस्थापन, बाणगंगा नदीमा तटबन्ध निर्माण, कृषि उत्पादनको बजारीकरणलाई जोड तोडका साथ उठान गरेका थिए ।
त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले विगतका वर्षहरु भन्दा केन्द्रबाट नगरपालिकामा आउने बजेट करिव ३० करोड कम आउदा जनताका समस्या पूर्णरुपमा समाधान गर्न कठिनाई परेको धारणा राख्नु भयो । नगर प्रमुख अर्यालले साना योजनाहरु नगरले सम्बोधन गर्ने गरेको बताउदै ठूला योजनाका निम्ति प्रदेश र केन्द्र सरकारसंग माग गर्दै आएको धारणा राख्नु भयो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता चौधरीले नगरका तर्फबाट वडा नं. ५ र ६ लाई विकासका हिसावले ध्यान दिदै आएको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यवाहक अध्यक्ष विश्राम प्रसाद थारुले जनताका सबै खाले समस्याको समाधानका निम्ति जनतासंग जनप्रतिनिधी कार्यक्रम प्रभावकारी बनेको विश्वास ब्यक्त गर्दै पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रमको सहजीकरण प्रदेश सयोजक भेषराज पाण्डे र बाणगंगा नगर कमिटी अध्यक्ष यूवराज पोख्रेल, भिष्मराज भुसालले सहजीकरण गर्नु भएको थियो । जनतासंग जनप्रतिनिधी कार्यक्रममा एमाले नेताहरु झविलाल पोख्रेल, धर्मराज भुसाल, धनु अधिकारी लगायतका नेता, स्थानिय जनताहरुको उत्साहजनक उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । कार्यक्रम वडा नं. ५ को कोपवा, झण्डा र वडा नं. ६ को लक्ष्मणघाटमा आयोजना गरिएको थियो ।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६