कोशी

कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो



काठमाडौं, १७ मंसिर । कोशी प्रदेशका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरू माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईलाई जिम्मेवारी दिएका हुन् ।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्कीले गत असोज २७ गते पहिलो मन्त्रिपरिषद् विस्तार गरेका थिए। सोही दिन मन्त्री नियुक्त भएका एमालेका राम रानाले पछि राजीनामा दिएका थिए।

माओवादी र एकीकृत समाजवादीलाई समेत मन्त्रिपरिषद्‌मा सामेल गराइएको भन्दै उनले राजीनामा दिएका थिए। माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६