अर्थ-वाणिज्य

वेवारीसे पुरुषको सडेगलेको शव फेला



कपिलवस्तु १७ मंसिर ।कपिलवस्तु बुद्धभुमी नगरपालिका– १० चेतरादेहि स्थित बाणगंगा खोलामा सडेगलेको एक जना पुरुषको शव फेला परेको छ । चेतरादेहि सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारिमा सो शव फेला परेको हो । नाम थर वतन नखुलेको बर्ष अन्दाजी २५।२६ पुरुष ब्यक्ति कम्बर देखी माथिको शरिरको भागमा किरा औसा परी सडिगलेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरिक्षक गंगगा बहादुर थापाले बताए ।

शवबाट दुर्गन्ध समेत आएको उनले बताए ।घोप्टो अबस्थामा रहेको मृतकले ईआइआर लेखेको निलो जिन्स पाइन्ट, कालो खैरो फुल बाउला भएको सट,खैरो लेदरको पेटि, सेतो सोलमा कालो पिता वाला चप्पल लगाएको अबस्थामा भेटिएको हो । गाउमा मान्छे भैसी चराउन गएको बेला शवालई देखे पछि प्रहरीलाई खबर गरे पछि प्रहरी घटनास्थल पुगेको थियो । शव सडेगलेको अवस्था रहेको र पहिचान समेत नखुलेकोले घटनाको अनुसंधान अघि बढाउन समेत समस्या परेको प्रहरी नायब उपरिक्षक थापाले बताए । शवलाई कपिलवस्तु अस्पतालको शव गृहमा राखिएको छ

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६