प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक



बुटवल, १८ मंसिर। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए । अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । यसैगरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सेवाग्राहीसँग विनम्र र हसिलो अनुहारले सेवा दिन आग्रह गरे । बिरामीप्रति गरिने व्यवहारले नै उनीहरुको ५० प्रतिशत रोग निको हुन सहयोग पुग्ने बताउँदै वझाले नम्र व्यवहार र सेवामा जोड दिए । क्लिनिक सञ्चालनको अवसरमा अध्यक्ष वझासहित अस्पताल कर्मचारीहरुले समेत मधुमेहको परीक्षण गरेका थिए ।

क्लिनिक उद्घाटनको अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले छुट्टै क्लिनिक सञ्चालनसँगै मधुमेहका बिरामीका लागि सहज हुने उल्लेख गरे । एउटै बिरामीले २ दिनसम्म समय खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहयोगी हुने उल्लेख गरे । क्लिनिकबाट अब दैनिक १ सय बढीले सेवा लिन सक्ने बताए ।

क्लिनिकमा विहान ७ बजेदेखि नै ल्याव टेस्टका लागि नमूना संकलन गरिने बताउँदै डा। थापाले अन्य सेवाहरुसहित अब दैनिक ३ सय जनालाई प्रयोगशालाबाट सेवा प्रदान गर्न सकिने उल्लेख गरे । अस्पतालमा दैनिक ५० जना बढी मधुमेहका बिरामीहरु परीक्षणका लागि आउने गरेकोमा अब यसको सङ्ख्यामा वृद्धि हुने उल्लेख गरे ।कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा भएको थियो ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६