प्रदेश

स्वयंसेविकाको योगदानलाई उच्च कदर गर्नुपर्छः मेयर अर्याल



कपिवस्तु, २० मंसिर । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपालमा रास्ट्रसेवक र स्वयंसेवक कर्मचारीहरुको सेवा सुविधा निक्कै कम भएको बताउनु भएको छ । सरकारको आर्थिक अवस्थाले गर्दा पनि कर्मचारीले मेहनत अनुसारको सेवा सुविधा नपाएको उहाँले बताउनुभयो ।

मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । त्यस्तै मेयर अर्यालले नेपाली महिला स्वयंसेविकाले स्वास्थ्य र समाज रुपान्तरणमा गरेको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । नेपाली महिला स्वयंसेविकाको कामलाई विश्व स्वास्थ्य सङ्गठले समेत प्रशंसा गरेको बताउनुभयो । स्वयंसेविकाकै कारण नेपालमा मातृ मृत्युदर, गर्भवतिको मृत्युदर, खोप नपाएर बच्चाको मृत्युदर उल्लेख्य रुपमा घट्नु लगायत स्वस्थ्यका सुचकमा सकारात्मक परिवर्तन भएको बताउनुभयो ।

त्यस्तै उपप्रमुख रिता कुमारी चौधरीले स्वयंसेविकाले गरेको योगदानलाई नगरपालिकाले उच्च कदर गरेको बताउनुभयो । बाणगंगाका स्वयंसेविकाहरुको क्षमता विकासको लागि पनि नगरपालिकाले वर्षेनी विभिन्न कार्यक्रम र योजना ल्याउने पनि उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण स्वयंसेविकाको माग अनुसार सेवा सुविधा दिन नसकेको स्विकार गर्नुभएको छ ।

नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले स्वयंसेवक सबैभन्दा ठुलो धर्म रहेको भन्दै आज बाट उक्त पेशामा अझ खरो र प्रतिस्पर्धात्मक रुपमा उत्रन आह्वान गर्नुभयो । सरकार सङ्ग केहि मागहरू भएपनि ति मागहरू पुरा भएनन भन्दैमा पेशा नै छोड्न नहुनेमा उहाँले जोड दिनुभयो । स्वयंसेविका समाजको उच्च स्तरको पेशा रहेको भन्दै समाज रुपान्तरणमा स्वयंसेविकाको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भयो ।


स्वगत मन्तव्य राख्दै स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरपालिकालाई पुर्ण संस्थागत सुत्केरी नगरपालिका बनाउन थालेको बताउनु भयो । त्यसको लागि सबै पक्षले सहयोग गर्नेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै महिला स्वयंसेवीका सञ्जाल बाणगङ्गाकी संयोजक कमला मरासिनी र स्वयंसेविका मन्जु भुसालले स्वयंसेविका दिवसलाई आफुहरुले महान चाडको रुपमा मनाउने बताउनु भयो । नगरपालिकाले स्वयंसेविकाहरुको क्षमता विकासको लागि विभिन्न कार्यक्रम ल्याउन माग गरेका छन् । काम अनुसारको सेवा सुविधा प्राप्त भए आफुहरुलाई काममा लाग्न अझ उत्प्रेरण मिल्ने समेत उनीहरुले बताएका छन ।

नगर उपप्रमुख रिता कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगर, वडा नम्बर ४ वडाका वडा अध्यक्ष छबि रेस्मि मगर, वडा नम्बर ८ का वडा सदस्य सैलेन्द्र मरासिनी, नगरका प्रशासन शाखा प्रमुख केशबराज भट्टराई, पिपरा अस्पतालका मेडिकल सुपरिटेन्डेन तेजेन्द्र चौधरी, नगरका भित्रका स्वस्थ्य चौकी प्रमुख,स्वस्थ्य शाखाका कर्मचारी, नगरपालिकाका कर्मचारी, बाणगंगा नगरपालिका भित्रका महिला स्वयंसेविका, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकको संयुक्त प्रयास’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा ११ वटा वडाका ११ महिला स्वयंसेविकाहरुलई नगद र प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रम स्वास्थ अधिकृत भक्तिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै यता दिवसमा चार नम्बर चोकबाट र्याली निकाली नगरमा गएर कार्यक्रममा परिणत भएको थियो

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६