देश

प्रधानमन्त्रीले भेटे विपिन जोशीका बाआमा



काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्डले इजरायलको विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमासँग भेट गरेका छन्।

शुक्रबार कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्रीले विपिनका बाबुआमासँग भेटेका हुन्। भेटमा उनीहरूले प्रधानमन्त्रीसँग छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्रीले विपिनलाई सकुशल रिहा गराउनका लागि सरकारले पहल गरिरहेको बताए।

भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि काठमाडौं नै पुगेर परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका थिए। उनले पनि विपिनलाई छिट्टै रिहा गराउने आश्वासन दिएका थिए।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए।

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६