देश

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान



काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले शुक्रबार दल दर्ताको सूचना प्रकाशित गरेको हो।

आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्नका लागि समय तोकेको छ।

फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो। रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६