कृषि

लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध



लुम्बिनी, २३ मंसिर । लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहिबार बुटवलमा सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा नेपालमा कुल घरपरिवार ४१ लाख ३० हजार ७८९ घरपरिवार मध्य २२ लाख १८ हजार ४ सय १० घरपरिवार कृषक परिवार रहेको जनाएको हो ।

जुन कुल घर परिवारको ६२ प्रतिशत हो । कृषि गणनाअनुसार लुम्बिनी प्रदेशमा ७ लाख ६५ हजार ९२ घरपरिवारले ४ लाख २६ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा कृषि गरेको तथ्याङ्क कार्यालयका उपप्रमुख डिल्लीराम जोशीले बताए ।

साथै कार्यालयको तथ्यांकअनुसार रुपन्देही जिल्लामा १ लाख १७ हजार ३ सय ३३ कृषक परिवारले ६५ हजार ५ सय ५५ हेक्टर जग्गामा कृषिकार्य गरिरहेका छन् । प्रदेशमा कुल घरपरिवार मध्ये ६७ प्रतिशत र रुपन्देहीमा ४९.२ प्रतिशत कृषक परिवार रहेका छन् । प्रदेशभरि मुख्य कृषक पुरुष ६४.५ प्रतिशत रहेका छन् भने महिला ३५.५ प्रतिशत छन् । रुपन्देहीमा कृषिमा आवद्ध परिवार मध्ये ७१ प्रतिशत पुरुष र बाँकी २९ प्रतिशत महिला रहेको कार्यालयले जनाएको छ । हाल नेपालमा कुल सिंचित क्षेत्रफल ५४.५ प्रतिशत रहेकामा लुम्बिनी प्रदेशमा ५६.७ प्रतिशत र रुपन्देहीमा ८५.१ प्रतिशत क्षेत्रफल रहेको पाइएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार १० वर्षको अवधिमा पशुपालन गर्ने कृषक परिवारको संख्या भने बढेको देखिएको छ । ३३ लाख ५३ हजार ८६७ पशुपालन गर्ने कृषको संख्या बढेर अहिले ३४ लाख ५ हजार १४ पगेको छ । लुम्बिनी प्रदेशमा ६६.३ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य रहेको पाइएको छ भने देशभर ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको स्रोत कृषि कार्य रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६