अर्थ-वाणिज्य

मान्छे भएर मान्छे कै जसरी बाँच्न पाएनौं: बादी महिला



दाङ ८ पुस । बादी समुदायले अझै पनि आफूले सम्मानजनक पूर्वक मान्छे भएर मान्छे कै जसरी बाँच्न नपाएको गुनासो गरेका छन् ।संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोग तथा राष्ट्रिय बादी सञ्जाल नेपालको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्ज र सामुदायिक सशीक्रकरण तथा रुपान्तरण कमिटि नेपाल बाँकेले आइतवार दाङको लमहीमा आयोजना गरेको बादी समुदायको आर्थिक, समाजिक अधिकार र न्याय पहुँचमा प्रदेश सरकार तथा सरोकारवालाहरको भुमिका विषयक कार्यशालामा सहभागी बादी समुदायका महिलाहरुले सो गुनासो गरेका हुन् ।
बादी समुदायका महिलालाई विशेष गरी यौनकर्मीका रूपमा हेर्ने गरेको उनीहरू बताउँछन्  ।

मान्छे भएर मान्छेकै जसरी बाँच्न नपाउँदा धेरै पीडा हुन्छ ।’ पहिले बादी समुदायका पुरुष मादल बनाउने, सुल्पा बनाउने, माछा मार्ने तथा छोरी यौन पेसालाई अपनाउने र नाच्दै मागेर गुजारा चलाउने चलन भएको उनी उनीहरु बताउँछन् । अहिले परिस्थिति बदलिए पनि आफूहरूलाई हेर्ने नजर नबदलिएको उनीहरुको भनाई रहेको छ ।पहिलेकै नजरले अहिले पनि बादी महिलालाई हेर्दा छोरीहरू विद्यालय जान समेत अप्ठ्यारो मान्ने गरेको उनीहरु बताउँछन् । बादी समुदायका व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने र त्यसका लागि गाँस र बासको व्यवस्था सरकारले गरिदिनुपर्ने माग समेत गरेका छन् ।

चुनावका बेला भोट माग्न आउने नेताले गाँस, बास र रोजगारीको व्यवस्था गर्छु भन्ने, पछि सबै बिर्सने गरेको उनीहरूको आरोप रहेको छ । आर्थिक समस्याकै कारण बादी समुदायका बालबालिका भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्न बाध्य छन् । दैनिक गुजारा चलाउन जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बसिरहेका यो समुदायका बालबालिका विद्यालय जाने उमेरमा मजदुरी गर्नुपर्ने भएकाले आधारभूत शिक्षाबाट समेत वञ्चित भएका छन् । त्यस्तै उनीहरुले सरकारले आफुहरुलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र जन्म दर्ता र आमाको नामबाट नागरिकता बनाउन सहज वातावरण मिलाउन पनि सरकार सँग माग गरेका छन् । त्यस्तै समाजमा अझै विद्यमान छुवाछुत प्रथा अन्त्य गर्न सरकारले कडा कानुन बनाउन आग्रह पनि गरेका छन् ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समाज परिवर्तन गर्न आफुबाट सुरु गर्नुपर्ने र त्यसमा प्रदेश सरकार तपाई सँगै रहेको बताएका छन् ।

त्यस्तै मुख्यमन्त्री चौधरीले यस आर्थिक वर्षमा हरेक जातजातीको उत्थानका लागि प्रदेश सरकारले छुट्टाछुट्टै शिषृकमा बजेट विनियोजन गरेको बताएका छन् । त्यस्तै उनले बादी समुदायलाई व्यवसायीक बनाउन विभिन्न सिपमुलक तालिमका लागि पनि बजेट विनियोज गरेको बताएका छन् । साथै उनीहरुको सुरक्षामा पनि प्रदेश सरकार रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका अध्यक्ष द्धारिका कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विक, सुशिला बादी, यमबहादुर नेपाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सामुदायिक सशीक्रकरण तथा रुपान्तरण कमिटि नेपाल बाँकेका अध्यक्ष प्रकाश नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सिता नेपालीले गरेकी थिइन् ।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६