प्रदेश

पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट सासूबुहारीको ज्यान गयो



नवलपरासी, ०९ पौष । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट सासूबुहारीको ज्यान गएको छ । विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् ।

दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।पछिल्लो समय त्यसक्षेत्रमा बाघको आक्रमण बढ्दै गएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

प्रकाशित : ९ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६