प्रदेश

राष्ट्रियसभा सदस्य निर्वाचनः लुम्बिनी कांग्रेसका १ सय २३ आकांक्षी



कपिलवस्तु, १० पौष । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाहरुबाट उम्मेदबारका लागि सिफारिस आएको छ । माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत १२३ जनाको नाम जिल्लाबाट सिफारिस भएको प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने बताए ।

उनका अनुसार रुकुमपूर्व बाहेक अन्य जिल्लाबाट पूर्व संसाददेखि स्थानीय तहमा उम्मेदवार बनेकासम्मलाई जिल्ला कार्यसमितिले उम्मेदवारका लागि सिफारिस गरेका छन् ।

यसरी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको उम्मेदवारका रुपमा सिफारिस भएकामा पूर्व उपसभामुख पुष्पा भुसाल, सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत शाहदेखि केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कृष्ण किशोर घिमेरे लगायत छन् ।

यस्तै प्युठानबाट डा.गोविन्द पोखरेल, गुल्मीबाट चन्द्र केसी पनि सिफारिस भएका छन् । भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् । शाह रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बाबुदेव घिमिरेसँग पराजित भएका थिए ।

प्रवक्ता गिरीले कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट सिफारिस भइ आएका उम्मेदवारको बारेमा कैफियत खुलाएर सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको बताए । उनले सबैको विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायतका पृष्ठभूमि खुलाएरमात्रै नाम सिफारिस गरिने जानकारी दिए ।

लुम्बिनीमा फागुन २० गते एमालेका कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुन सकभर अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका तथा सबै क्षेत्र मिलाएर जिल्लाबाट आएका नामहरू केन्द्रमा पठाउने बताउँछन् ।

प्रकाशित : १० पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६