देश

प्रहरीको विभिन्न दर्जामा जागिर लगाइदिने भन्दै ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ




सल्यान, १३ पुस ।

नेपाल प्रहरीको जवान तथा असइ दर्जामा जागिर खुवाइदिन्छु भन्दै ६ जनाबाट ३ लाख रुपैयाँ असुल्ने व्यक्तिलाइ प्रहरीले सल्यानको लुहामबाट पक्राउ गरेको छ ।

सल्यान कालिमाटी गाउँपाकिला २ कटविरका अन्दाजी २५ वर्षीय भोला पुन मगरले जागिरको प्रलोभनमा पारेर ३ लाख ठगी गरेको आरोपमा उनलाइ प्रहरीले पक्राउ गरेको हो ।

कालिमाटी २ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई जवान र असईमा भर्ना गरी जागिर खुवाई दिने लोभ लालच र प्रलोभनमा परी प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए । भोलाले आफ्नो प्रहरीका उच्च पदस्थ अधिकारीसँग राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई सकेकाले शतप्रतिशत काम हुन्छ भनी पीडितहरुलाई आफ्नो घरको काममा समेत लगाउने गरेको प्रहरीको भनाई छ ।

पीडितहरुले कि त प्रहरीमा जागिर लगाई दिन कि त पैसा फिर्ता गर्न आग्रह गर्दा भोलाले म दिदैन, तिमिहरुले मलाई पैसा दिएका छैनौ जे गर्छौ गर भने पछि पीडितहरुले पुस ८ गते इलाका प्रहरी कार्यालय लुहाममा जाहेरी दिएका थिए ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६