देश

मन्त्री ज्वालाको गाडीमाथि आगजनी




काठमाडौं, १३ पुस।

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।

मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ। मन्त्री ज्वालाले आन्दोलनकारीले आफू चढ्ने गाडीमा आगो लगाइदिएको बताए।‘ आन्दोलनकारीले पहिले गाडीको हावा खुस्काए। अनि केहीबेरमा आगो लगाए । म र दुई जना पिएसओ कसोकसो उम्कियौं,’ उनले भने।

बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले सडकबाट ढुंगा प्रहार गरेका छन्। रिङ रोडको बालकुमारी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेको छैन।महानगरीय प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६