प्रदेश

वनभोज खाने टोली बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते



दाङ, १५ पौष । वनभोज खाने टोली बोकेको बस दुर्घटना हुँदा दाङमा १६ जना घाइते भएका छन्। बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो।

बसमा ४५ यात्रु सवार रहेको दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। घाइतेहरुलाई तुलसीपुरस्थित राप्ती उपक्षेत्रीय अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी मल्लले बताए।

प्रकाशित : १५ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६