देश

मन्त्रीको पुत्ला दहनदेखि प्रशासन घेराउ



सुर्खेत, १६ पौष ।

गएको शुक्रवार बालकुमारीमा प्रहरीको झडपमा परी दुई युवाको ज्यान गएको विषयलाई लिएर कर्णालीमा युवाहरु विभिन्न आन्दोलनका कार्यक्रमहरु अगाडि बढाएका छन् । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा दैलेख र अछामका दुई युवाको मृत्यु भएपछि पीडितका आफन्तहरु तथायुवाहरु मिलेर विरोधकाकार्यक्रमहरु बन्दै गएका छन् ।

आक्रोशित युवाहरुले सुर्खेतको विरेन्द्रनगरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुत्ला जलाइएको छ । विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि गृहमन्त्री श्रेष्ठ र भौतिकमन्त्री ज्वालाको पुत्ला जलाएका हुन् । शुक्रबार साँझबाट सुरु भएको आन्दोलनमा गृहमन्त्री श्रेष्ठ र भौतिकमन्त्री ज्वालाको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

पीडित पक्षले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री ज्वालाले राजीनामा दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग अघि सारेका छन् । आन्दोलनका कारण सुर्खेतमा सरकारी सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६