प्रदेश

‘उद्योग व्यापार संघ निरन्तर व्यवसायीको पक्षमा छ’




कपिलवस्तु, १७ पौष । 
उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै गरेका विभिन्न सामाजिक क्रियाकलाप सार्वजनिक गरेको छ । संघले स्थापना भएको एक वर्षको अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको हो ।  २०७९ माघ १० गते सम्पन्न संघको अधिवेशन सम्पन्न भई खिमानन्द पौडेल अध्यक्ष सहितको कार्यसमिति निर्माण भयो । उक्त समितिले गरेका कामको मंगलबार संघको कार्यलयमा सार्वजनिक गरिएको छ । संघले यस अवधिमा विभिन्न सामाजिक काम गर्नुका साथै व्यवसायीको हक हितमा थुप्रै काम गरेको जनाएको छ । 


संघका अध्यक्ष पौडेलले आफू पदाधिकारी भएको अर्को दिन देखिनै विभिन्न कार्यमा सहभागि हुँदै सङ्घलाई संस्थागत गर्न तर्फ लागिएको बताए । उनले उद्योग व्यापार संघ निरन्तर व्यवसायीको पक्षमा रहेको बताए ।  उनले संस्था स्थापना भए पछि संस्थाले गरेको कामको समीक्षा, उपलब्धि लगायतको बारेमा जानकारी गराएका थिए । उनले संस्था स्थापना भएको छोटो समयमा धेरै प्रगति र समाजसेवा गर्न सफल संस्थाले प्रगति योग्य काम गरेको उल्लेख गरे । उनले स्थानीय तहले उद्योग व्यापार संघ, कपिलवस्तुलाई फरक दृष्टिकोण राखेर विभेद गरेको समेत बताए । 


यस्तै कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्टिज भारतका सहमहामन्त्री गोविन्द पोख्रेलले उद्योगी व्यवसायीका पिर मर्का बुझ्ने कोही नहुँदा व्यापार व्यवसाय धर्मराएको बताए । उनले यसको समस्या समाधान नदेखेर व्यवसायीहरू पलायनको बाटो रोज्न बाध्य भएको बताए । 


कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्टिज भारतका सहमहामन्त्री जेपी पाण्डेले सङ्घलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष हुमनाथ पौडेल, अन्य पदाधिकारी, व्यवसायी, पत्रकारहरू कार्यक्रममा सहभागि थिए । यसैबीच उद्योग व्यापार संघ कपिलवस्तु यहीँ माघ ३ गते भारतको राजधानी दिल्लीमा लागेको उद्योग एक्जीवेसनको अवलोकनका लागि जाने भएको छ । 

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६