देश

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु



सर्लाही, २० पौष ।
सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत राख्ने नराख्ने विषयमा विवाद सिर्जना हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ । शाहको टाउको गोली लागि घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै एकजनालाई खुटामा गोली लागेर गम्भीर घाइते भएको बताइएको छ ।

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत गर्ने कि नगर्ने भन्ने विषयमा भएको विवाद समाधान गर्न बसेको सर्वदलिय बैठकमा झनै विवाद सिर्जना भएपछि झडप सुरु भएको हो । विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेसँगै नगरपालिका भवनमाथि तोडफोड भएको थियो ।

त्यस्तै प्रदर्शनकारीले नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालको घरमा समेत तोडफोड गरेका छन् ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६