प्रदेश

बिओपीको कमान्ड सम्हाल्दै सशस्त्र प्रहरी निरीक्षक दम्पत्ती



कपिलवस्तु, २० पौष ।
सुरक्षाको दृष्टिकोणले संबेदशील मानिएको कपिलवस्तुमा सशस्त्र प्रहरीका एक दम्पत्ती प्रहरी निरीक्षकले एकैसाथ २ (बिओपी) बर्डर आउट पोस्टको कमान्ड सम्हालेका छन । गत असोज पहिलो साता देखि सशस्त्र प्रहरी निरिक्षक शितल ईटनी र उनकी श्रीमति दुर्गा कडायतले बिपोओपीको कमान्डरकोरुपमा काम गर्र्दै आएका हुन । तराईको जिल्लाहरुको पर्ने कपिलवस्तु सिमामा हुने अपराधिक क्रियाकलापको सुरक्षाको दृष्टिकोणले निकै संबेदनशील मानिन्छ । त्यस पनि सिमा अपराध, तस्करी, लागुऔषध, मानव बेचबिखन लगायतको समस्या पनि जिल्लाको मुख्य चुनौती हो । इटनी र कडायत गत असारमा बैवाहिक बन्धनमा बाधिएका थिए । बिवाह गरेको ३ महिना पछि नै उनीहरुले बिओपीको कमान्डको जिम्मेवारी पाएका हुन ।

शितलले कृष्णगनर नगरपालिका – ६ भिल्मी र दुर्गा कडायतले महाराजगंज नगरपालिका– १० हर्दौना बिओपीको कमान्ड सम्हालदै आएका छन । ती दुबै बिओपीसंगै जोडिएका छन । हर्दौना पश्चिम र त्यसको पुर्वमा भिल्मी बिओपी छन । भारतसंग जोडिएको ९३ किलो मिटर सिमा नाका मध्ये हर्दौना बिओपीको ५ दशमलव ५ र भिल्मी बिओपीको ८ किमी सिमा नाका क्षेत्र उनीहरुको कमान्ड क्षेत्रमा रहेको छ । हर्दौदानामा आउजाउकालागि ४ वटा सिमा नाका र भिल्मीमा ५ वटा सिमा नाका छन । ति नाकाहरुको उनीहरुले नियमित गस्ती गर्दै निग्रानी बढाएको बताउछन । सशस्त्र प्रहरीको गण नम्बर २८ को मातहतमा ती दुई सहीत ७ बिओपी छन । जिल्लामा भने कुल १६ वटा सशस्त्र प्रहरीको युनिट छन ।

जिल्ला मै दम्पतीले बिओपीको कमान्ड सम्हालेको यो पहिलो पटक हो । यस्तै महिला प्रहरी निरीक्षकले पनि बिओपीको कमान्ड सम्हालेको यो पहिलो हो । निकै संघषै गरेर यो सफलता चुमेकी माईती घर अछामको भएकी कडायतले श्रीमानसंगै एकै साथ बिओपीको कमान्ड सम्हाल्न पाउदा आफुलाई नौलो अनुभव भएको बताईन । सिमा सुरक्षा, सिमा स्तम्भको सुरक्षा, सिमा अपराध, तस्करी नियन्त्रण, सिमा हुने कुनै पनि अपराधि गतिबिधि नियन्त्रण आफुहरुको मुख्य काम रहेको उनले बताईन । अवधी भाषा बोल्न नजानेकी कडायतलाई भाषाका कारण भने केही समस्या झेल्नु परेको बताईन । कक्षा १० सम्म अछाम मै पढेर उच्च शिक्षा भने काठमाण्डौमा उनले हासिल गरिन ।

२०७२ सालमा नेपाल प्रहरीको असईमा नाम निकालेर एक बर्ष जति त्यहा काम गरिन । त्यसको एक बर्ष पछि २०७३ भदौमा परिक्षा दिईन । २०७७ मा उनी सशस्त्र प्रहरी निरीक्षक बनिन । १ भाई र ४ दिदी बैनी रहेकी उनी आफनो गाउमा उच्च शिक्षा हासिल गर्ने र यो ओहोदा सम्म पुग्ने पहिलो ब्यक्ति समेत हुन । उनले मातातिर्थ र पोखर कालिका गढ र लामा पाटन, काठमाण्डोको सिना मंगलमा उद्धारको तालिम समेत लिईन ।

हेड क्वाटरमा ३ महिना तालिम पछि उनको पोस्टिङ हदौना भएको हो । ‘ श्रीमानसंगै कमान्डस सम्हादा नया अनुभव देख्न पाइएको छ ’ कडायतले भनिन । राम्रो सोच सहीत तयारी गरिए सफलता मिल्ने उनले बताईन । अछाम जस्तो बिकट ठाउबाट पनि आफुले मिहीनेत र परिश्रम गरी यहा सम्म पुगेको उनले बताइएन । उनले श्रीमानसंगै सिमाको सुरक्षा गर्न पाउदा धेरै खुशी लागेको उनले बताईन । दाधिङको गाउ मै एसएसि सम्मको पढाई गरेका शितल ईटनीले उच्च शिक्षा भने काठमाण्डौबाट हासिल गरे ।

ईटनी जात सुन्दा अचम्म लागे पनि ब्राम्हण रहने उनले बताए । २०७० साल साउन ३० गते असईमा नियुक्त भई २०७७ भदौ १४ गते उनी प्रहरी निरीक्षक बनेका हुन । तालिम केन्द्र प्रशिक्षण ईमीस्पी ६, प्रधान कार्यालय सिमा बिभाग, तालिम निर्देशनालयमा उनले काम गरे । गत असोज ६ गते उनी भिल्मीमा हाजिर भएका हुन । श्रीमति कडायतसंगै उनले तालिम लिएका थिए । उनले सशस्त्र प्रहरीको नीति, निर्देशन अनुसार नै आफुले काम गर्ने गरेको बताए । श्रीमतिसंगै सिमा सुरक्षाको सहकार्य गरी काम अघि बाढएको उनले बताए । झन्डै ढाई महिनाको बिताएका उनले सिमा सुरक्षा र सिमा स्तम्भ लगायतका सिमा सम्बन्धी काम सन्तोषजनकरुप मै बाढएको बताए ।

सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारी अनुसार आफुहरुले सिमा स्तम्भको मर्मत संभारको काम सकिसकेको बताए । सशस्त्र प्रहरी गण २८ का गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले दम्पत्तीले २ बिओपीमा अहिले सम्म राम्रो काम गरेको बताए । उनले दिईएको जिम्मेवारी अनुसार दुबैले कत्तब्र्य पालना गरको उनले बताए । भारतीय समकक्षीसंग समेत राम्रो समन्वय गरेर सिमा क्षेत्रलाई सहीढंगले अघि बढाएको उनले बताए ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६