प्रदेश

क्रिश्चियन धर्म प्रचार गर्ने दुई जनालाई कपिलवस्तुमा कालोमोसो



कपिलवस्तु, २१ पौष ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा क्रिश्चियन धर्म प्रचार गरिरहेका दुई जनालाई कालोमोसो दलिएको छ । अबोध बालबालिकालाई झुक्याएर बाईवल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्याएको आरोप लगाउँदै महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् । ७० जना महाकालका कार्यकर्ता र स्थानीयले प्रहरी कार्यालय नजिकैको घरमा रहेका क्रिश्चियन धर्मप्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालोमोसो दलेका थिए ।

आफुहरु जनवरी २२ मा अयोध्या राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको कार्यक्रमलाई सफल पार्ने सन्दर्भमा तौलिहवा आएका बेला स्थानीयबाटै क्रिश्चियन धर्मको प्रार्थना बारे जानकारी पाएको महाकाल युवा शक्ति नेपालका केन्द्रीय सचिव प्रेम योगीले बताए । हिन्दु समुदायका अबोध बालबालिकालाई बाईबल पाठ गराईराखेको र स्थानीय महिलालाई उपचारको नाममा प्रभाव पारेर प्रार्थना गराएको खबर पाएपछि आफुहरु त्यहाँ पुगेको उनले जानकारी दिए ।

“स्थानीयले खबर गरेपछि हामी महाकालका ७० जना कार्यकर्ता त्यहाँ पुगेका थियौ । अबोध बालबालिकालाई झुक्याएर बाईबल पढाउँदै गरेको र महिलाहरुलाई प्रार्थनाले रोग निको हुने आश्वासन दिएको भेटेपछि स्थानीयले कालोमोसो दलेका हुन्” सचिव योगीले भने । महाकालका कार्यकर्ता र स्थानीयले कालोमोसो दलेर नगर घुमाउने योजना बनाउँदै गर्दा उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले तत्काल उद्दार गरेको थियो ।

राष्ट्रमा सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता भए पनि अरुको धर्ममा प्रभाव पार्ने छुट कसैलाई नभएको जनाउँदै यस्ता कार्यको प्रतिवाद हुन आवश्यक रहेको महाकाल युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष धर्मराज बिकले बताए । घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्दार गरेको र घटना बारे थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए ।

प्रकाशित : २१ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६