देश

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि २ हजार ४७ जना मतदाता



काठमाण्डौ, २२ पौष । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगले आज आइतवार प्रकाशन गरेको नामावलीअनुसार दुई हजार ४७ जनाले मतदान गर्ने छन् । जसमा पाँच सय ४९ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९८ जना पालिकाका प्रतिनिधि रहेका छन् । पालिकाका प्रमुख तथा उपप्रमुख दुवैले मतदान गर्न पाउँछन् । सबैभन्दा धेरै मधेस प्रदेशमा एक सय सात प्रदेश सभा सदस्य र दुई सय ६७ पालिकाका प्रमुख–उपप्रमुख गरी तीन सय ४७ जना मतदाता रहेका छन् ।

यस्तै कोशीमा ९३ प्रदेश सभा सदस्य र दुई सय ७४ पालिकाका जनप्रतिनिधि गरी तीन सय ६७ जना तथा बाग्मतीमा एक सय १० प्रदेश सभा सदस्य र दुई सय ३७ पालिकाका जनप्रतिनिधि गरी तीन सय ४७ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

गण्डकीमा ६० प्रदेश सभा सदस्य र एक सय ७० पालिकाका जनप्रतिनिधि गरी दुई सय ३० जना, लुम्बिनीमा ८७ प्रदेश सभा सदस्य र दुई सय १८ पालिकाका जनप्रतिनिधि गरी तीन सय पाँच जना मतदाता छन् ।

कर्णालीमा ४० प्रदेश सभा सदस्य र एक सय ५६ पालिकाका जनप्रतिनिधि गरी एक सय ९६ जना तथा सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र एक सय ७६ पालिकाका जनप्रतिनिधि गरी दुई सय २८ जना मतदाता रहेका छन् ।

प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ । आउँदो माघ ११ गते १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुँदैछ ।

प्रकाशित : २२ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६