कपिलवस्तु, २२ पौष ।
कपिलवस्तुमा चामु घिमिरे स्मृति प्रतिष्ठान गठन गरिएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाबाट कपिलवस्तुमा बसोवास गर्दै आएका घिमिरे दाजुभाइले प्रतिष्ठान गठन गरेका हुन् । शनिवार बाणगंगामा श्यामलाल घिमिरेको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको सचिवमा बाबुराम घिमिरे र अन्य सदस्यहरू रहेका छन् । गठित तदर्थ समितिले घनश्याम घिमिरेको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको सदस्य सागर घिमिरेले बताए ।
२२ पुस २०८०, आइतबार
प्रतिक्रिया