अर्थ-वाणिज्य

सहकारीले उत्पादन गरेका कृषि सामाग्रीहरु खेरजान दिईने छैन: सांसद पन्थी



कपिलवस्तु २३ पुस ।सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेशनबाट रमा पाण्डेको अध्यक्षतामा ११ कार्यसमिती निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा साबित्रा अर्याल , सचिवमा सुनिता सेन , सह सचिवमा डिला शर्मा , कोषाध्यक्षमा सरिता पौडेल निर्वाचित हुनु भएको छ । नव निर्वाचित अध्यक्ष रमा पाण्डेले सहकारीलाई अगाडी बढाउनका लागि लागिपर्ने प्रतिवद्धता जनाउनु भयो ।
यता साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद बिष्नु पन्थीले सहकारीले व्यवसाय रुपमा उत्पादन गरेका कृषि सामाग्रीहरुलाई खेरजान नदिने बताउनु भएको छ ।

कृषि क्षेत्रमा पछिल्लो समयमा अनेक कारणहरुले गर्दा घातक हुँदै आएको हुँदा कृषि क्षेत्र र सहकारीहरुलाई स्थानिय सरकार र प्रदेश सरकारले सहयोग गरे उत्पादनमा बृद्धि हुने र स्वारोजगार बनाउन सकिने बताउनु भयो । श्री सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेशनलाई संबोधन गर्दै सांसद पन्थीले सो कुरा बताउनु भएको हो ।लुम्बिनी प्रदेश भरिका सहकारीहरुमा बाणगंगामा संचालित सहकारीहरुले धेरै राम्रा कामहरु गर्दै आएको बताउनु भयो । सांसद पन्थीले कृषि लगाएतका बिभिन्न व्यवसायहरु संचालन गर्दै आएको यस सहकारीले कृषि क्षेत्रलाई व्यवसायीक रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो ।सहकारी संघका लुम्बिनी प्रदेश लेखा समिती संयोजक तेज प्रसाद आचार्यले सहकारीलाई बलियो बनाउन सहकारीका सेयर सदस्यहरु सक्रिय रुपमा लाग्नुपर्ने बताउनु भयो ।
नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले महिलाहरुलाई शसक्तिकरण गर्न र सिपमुलक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । नगरका महिला , बालबालिका , जेष्ठ नागरिकका लागि दिवासेवा , कृषि , पशु शाखाबाट थुप्रै कार्यक्रमहरु संचालन भएको जानकारी दिंदै आपांगता भएका व्यक्तीहरुका लागि बिभिन्न सिप मुलक कार्यक्रमहरु र उप प्रमुखसंगको कार्यक्रमहरु संचालन र यस सहयोगी महिला बहुउद्देशीय सहकारी संस्थाले बेसार खेती गर्दै आएको बताउनु भयो ।
कार्यक्रमका अतिथी एवं वडा न. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगरले बाईसौं साधारण सभा तथा दशौं अधिबेशनको शुभकामना दिंदै महिला दिदी बहिनीहरुको हक हितको लागि सधै पैरवी गर्दै आएको बताउनु भयो । कार्यक्रममा संथाका सचिव सुनिता सेनले प्रगती प्रतिवेदन प्रस्तुत , कोषध्यक्ष नमुना पौडेलले आयव्य विवरण प्रस्तुत , व्यबस्थापक बिद्या शर्माले आर्थिक प्रतिवेदन र लेखा समितीको आन्तरिक प्रतिबेदन लेखा समिती संयोजक बिनिता आचार्यले प्रस्तुत गर्नु भएको थियो । व्यवस्थापक शर्माले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै एक सय रुपैंया बाट शुरु गरेको सहकारीको आम्दानी रु. १ करोड ६९ लाख ४ हजार ६ सय ८३ रुपैंया पुग्न सफल भएको बताउनु भयो । १ सय १ जनाको शेयर सदस्य बाट शुरु गरेको संस्थामा अहिले ८ सय १३ शेयर सदस्यहरु आबद्ध रहेको जानकारी दिनुभयो ।

प्रकाशित : २३ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६