प्रदेश

एकीकृत समाजवादीका केन्द्रीय सदस्य गुरुङले दिए पार्टीबाट राजीनामा



बुटवल, २५ पौष । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव तथा केन्द्रीय सदस्यीय राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार केन्द्रीय समितिलाई राजीनामा पत्र लेख्दै उनले सो राजीनामा स्वकृत गरिदिन आग्रह गरेका छन् ।

पार्टी स्थापनादेखि समाजवादीमा लागेका गुरुङ पछिल्लो समय केन्द्रीय कमिटीका निर्णयमा असन्तुष्टि जनाउँदै निष्क्रिय रहेका थिए । एमालेबाट विभाजन भएपछि उनी रुपन्देहीमा समाजवादीको जिल्ला कमिटी स्थापनामा नेतृत्वदायी भूमिकामा रहेका थिए ।

गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनको उम्मेदवारी खारेजी भएको थियो ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६