प्रदेश

राजनीतिक किचलोमा चुर्लुम डुब्यो कपिलवस्तु उद्योग वाणिज्य संघ




हरि घिमिरे, २६ पौष ।
कपिलवस्तु उद्योग वाणिज्य संघ ८ औं अधिवेशनको सङ्घारमा छ । २०५८ सालमा स्थापना भएको साविकको उद्योग व्यापार संघ २०७० सालमा कपिलवस्तु उद्योग वाणिज्य संघ बन्न पुग्यो । २२ वर्षको अवधि सम्म ८ वटा अध्यक्षले संस्था हाँक्न सफल भए । यद्यपि कतिपय अध्यक्ष सर्वसम्मत वाट चुनियो त कतिपय निर्वाचन बाट आए । निर्वाचनबाट आउने र सर्वसम्मत बाट आउनेको काम गर्ने शैली नै फरक भएको व्यवसायीहरूको भनाई छ । निर्वाचनबाट संघको नेतृत्व आउँदा अत्याधिक राजनीतिक किचलो छ । हाल सम्म उद्योग वाणिज्य सङ्घमा तिन वटा अध्यक्ष सर्वसम्मत बाट भए । जसमा २०५८ देखी २०६२ साल सम्म स्व. रघु पाठक, २०६२ देखि ०६४ सम्म स्व.राजेन्द्र पौडेलले संस्थाको नेतृत्व लिए । यि दुई अध्यक्षले नेतृत्व गर्दा सङ्घमा राजनीतिक गन्ध नभएको पुराना व्यवसायीको भनाई छ । त्यस्तै ०६४ देखि ०६६ सम्म स्व. शंकर आचार्य निर्वाचन बाट अध्यक्ष बने । तव देखि सङ्घमा राजनीतिक घुस्न थाल्यो । उनी एमालेको उम्मेद्वार भएर निर्वाचित भए । उनको पालामा संस्था अगाडि बढाउने सन्दर्भमा राजनीतिक खिचातानी देखिएको उनै व्यवसायीले बताए ।

यस्तै ०६६ देखि ०६८ सम्म विष्णु न्यौपाने निर्वाचन बाट अध्यक्ष बने । त्यतिबेला पनि उनी कांग्रेसको उम्मेद्वार भएर निर्वाचित भए । संस्थामा दिन प्रतिदिन राजनीतिक प्रवृत्तिहरू बढ्दै गए । संस्थामा आवद्ध व्यवसायीमा निराशा पैदा भयो । संस्था त्यसरी नै चल्दै गयो । ०६८ देखि ०७० सम्म देवी पाण्डे निर्वाचन बाट अध्यक्ष बने । त्यतिबेला उनी नेकपा एमालेका उम्मेद्वार भएर निर्वाचित भए । संस्थाका हरेक गतिविधिमा कांग्रेस र एमालेको कित्ता छुट्टिन थाल्यो । व्यवसायीहरू विचलित हुने अवस्था आयो । यद्यपि लगत्तै २०७० सालमा उद्योग व्यापार सङ्घबाट कपिलवस्तु उद्योग वाणिज्य संघ बन्यो । कपिलवस्तु उद्योग वाणिज्य संघ बने लगत्तै व्यवसायीहरू पुन सङ्गठित हुन थाले । थप एक वर्ष सम्म संघको तदर्थ समितिको अध्यक्ष बनेर पाण्डेले संस्थालाई अगाडि बढाए । त्यसपछि ०७१ मा उद्योग वाणिज्य संघको निर्वाचन भयो । निर्वाचनमा यज्ञ प्रसाद भट्टराई निर्वाचित भए । उनी कांग्रेसको उम्मेद्वार बनेर निर्वाचित भएका थिए । संस्थामा राजनीतिक हावी भइनै रह्यो । यद्यपि यो अवधिमा केही राम्रा काम पनि भएको व्यवसायीको भनाई छ ।

२०७४ सालमा संस्थाको अधिवेशन भयो, उमानाथ पौडेल सर्वसम्मत अध्यक्ष बने । उनको काम गर्ने शैली नै फरक थियो । उनकै पालामा संस्थाको भवन ठडियो । कोरोना महामारी आयो । महामारी सँग जुद्धै उनी व्यवसायीहरूलाई हौसला प्रदान गर्न दिनरात खटिरहे । उनी कहिले किसानका समस्या सँग जुध्न खेतबारीमै पुगे । क्वारान्टाइन व्यवस्थापनमा लागे । संस्थामा राजनीतिक सकिन थालेको भान हुने गराएका उमानाथ पौडेलको कार्यकाल सकियो । संस्थाको अधिवेशन आयो । सर्वसम्मत हुने कुनै प्रसङ्ग आएन संस्थामा जरा गाडेको राजनीति फेरी फक्राउन थाल्यो । २०७७ सालमा अधिवेशन भयो निर्वाचन हुने स्थिति आयो । निर्वाचन बाट डोलकराम घिमिरे अध्यक्ष बने । उनी पनि नेपाली कांग्रेसबाट उम्मेद्वार भएर निर्वाचित भए । संस्थामा राजनीतिक स्थापित जस्तै भयो ।

यस्तै माघ २३ गते कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनको तयारी छ । विभिन्न राजनीतिक दलका नेताहरूले धमाधम उम्मेद्वारी घोषण गरेका छन् । यस बिचमा उम्मेद्वारी घोषणका विभिन्न समाचार आए । जसमा नेकपा एमाले बाट गुणनिधि भुसाल, नेपाली कांग्रेसबाट रुक बहादुर भुसाल, राष्ट्रिय स्वतन्त्रबाट लक्ष्मण कडेल भनेर केही दिन समाचार आए । उद्योग वाणिज्य संघको चुनावको माहोल यिनै समाचारले तताए ।

यसै बिचमा हालका लेखा समिति संयोजक मोहन न्यौपानेको एमाले तर्फबाट निर्वाचनमा होमिने भन्ने विषय चार्चामा छ । उता राष्ट्रिय स्वतन्त्रबाट रमेश चन्द्र भुसालको पनि समाचार आएको छ । यसले गर्दा कपिलवस्तु उद्योग वाणिज्य संघ राजनीतिक किचलोमा चुर्लुम डुबेको छ । व्यवसायीहरूमा उत्साह छैन । संस्थामा राजनीतिक भागबन्डा र निर्वाचन हुने भएपछि क्षमतावान नेतृत्व गुम्न सक्ने सम्भावना प्रबल छ ।

प्रकाशित : २६ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६