देश

राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशित हुँदै



काठमाडौं, २६ पौष । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।

उजुरीको जाँचबुझ सकिने भएकाले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ मा प्रदान गरिनेछ । यस निर्वाचनमा सात प्रदेशमा एक एक मतदानस्थल र दुई(दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित : २६ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६