प्रदेश

कपिलवस्तुमा लाखौं रकम लुटपाट



कपिलवस्तु, २७ पौष । कपिलवस्तुको यशोधरा गाउँपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट गरिएको छ । बिहिबार अबेर बन्दुक देखाएर स्थानीय सुन ब्यापारीको लाखौंको लुटपाट भएको हो ।

साँझ साढे ५ बजेको समयमा नकावधारीको एक समूहले बन्दुक देखाएर यशोधरा गाउँपालिका ५ बुढापारका शिवमगंल बर्माको साथबाट नगद ३७ हजार नेपाली रुपैया, तीन हजार भारु, सुन र चाँदी गरेर ७ लाख बढि मूल्य बराबरको गरगहना लुटेर लगेका छन् ।

मास्क र कपडाले मुख छोपेर आएका ६/७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको बताइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनी चोकमा रहेको जय माँ अम्बे ज्वेलर्स संचालन गर्दै आएका बर्मा पसल बन्द गरि घरतर्फ जाँदै थिए ।

बैदोली र बुढापारको बीचमा पर्ने आँपको बगैचा नजिक लुटपाट भएको जनाइएको छ । घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए ।

‘चोरी भएको कुरा आइरहेको छ, त्यहाँ हामीले टोली खटाएका छौं र के कसरी घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’ उनले भने, ‘केही गरगहना लगेको कुरा आइरहेको छ, हामी अनुसन्धान गर्दैछौं ।’

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६