प्रदेश

हथौसामा ५ औं बाणगङ्गा माघी ( खिचडी ) महोत्सव  हुने




 कपिलवस्तु, २८ पौष  ।
५ औं बाणगङ्गा नगर स्तरीय माघी ( खिचडी ) महोत्सव हथौसामा हुने भएको छ । ‘हम्मन राष्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्वर्द्धन कइना हम्मनके अभियान’ भन्ने मूल नारा सहित  माघ २ गतेदेखि ४ गते सम्म माघी महोत्सव हुन लागेको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।


कार्यक्रममा बोल्दै थारू कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा चौधरीले बाणगङ्गा थारू बाहुल्यता रहेको नगर भएकोले पर्यटन प्रर्वद्धन मा थारू महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म  संस्कृतिलाई सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


महोत्सवको बारेमा जानकारी दिदै महोत्सव संयोजक तथा थारू कल्याणकारिणी सभा नगर अध्यक्ष नाथुराम थारूले थारू जातिका कला, संस्कृति, भाषा भेषभुषा, र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । विषेश गरि थारू कला, संस्कृति झल्किने गरि आयोजना हुन लागेको महोत्सवमा रक्तदान, डेलवा दौड प्रतियोगिता लगायतका अन्य विविध कार्यक्रम पनि रहने उहाँले बताउनुभयो ।


त्यस्तै महोत्सवको उद्घाटन प्रदेश भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरीले गर्ने पनि जानकारी दिनुभयो । महोत्सवमा थारू राष्ट्रिय गायक गायिकाको साथमा स्थानीय कलाकारहरूको  प्रस्तुती रहनेपनि उहाँले जानकारी दिनुभयो ।


त्यस्तै थारू कल्याणकारिणी सभा केन्द्रिय पार्षद् उमाशङ्कर चौधरीले विगत पाँच वर्षदेखि बाणगंगाका विभिन्न ठाउँमा महोत्सव गरेको स्मरण गर्दै अहिले हथौसामा महोत्सव गर्न लागेको भन्दै भव्य रुपमा सफल पार्न सम्पुर्णमा  आह्वान समेत गर्नुभयो ।


थारू कल्याणकारिणी सभा जिल्ला सचिव सन्तराम चौधरी, नगर सभाका पदाधिकारी, महोत्सव समारोह उपसमितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा नगर सभा उपाध्यक्ष कमल चौधरीको स्वागत तथा प्रेस संयोजक सरिता थारूको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २८ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६