काठमाण्डौ, ०३ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई हराएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले लुम्बिनीलाई ६० रनले हरायो ।
कर्णालीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१ ओभर २ बलमा १ सय २४ रन बनाउँदा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । कर्णालीका दिनेश अधिकारीले नट आउट ५६ र दिपेन्द्र रावतले ४७ रन बनाए । लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३ विकेट लिए । यो जितसँगै कर्णाली ३ खेलमा ४ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । लुम्बिनी ३ खेलमा २ अङ्कसहित आठौँ स्थानमा छ ।








प्रतिक्रिया