प्रदेश

तीन तहका सरकारबिच अधिकारका लागि समन्वय र सहकार्य आवश्यकः मुख्यमन्त्री चौधरी



कपिलवस्तु, ०५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको समन्वय समितिको बैठकमा उनले अहिले प्रदेश सरकारले अधिकारको विषयमा संघीय सरकार र प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताए । उनले नगरपालिका र प्रदेशले सहकार्य गरिरहेको बताए ।

मुख्यमन्त्री चौधरीले प्रदेश र स्थानीय सरकारले दिने नगद अनुदान अन्त्य गर्नुपर्ने बताए । नगद अनुदानको प्रभावकारिता घटेको र सिर्जनात्मकता नभएको भन्दै उनले नगद अनुदानलाई हटाएर आर्थिक विकाससँग जोडिएका प्रविधि ल्याउनुपर्ने सुझाव दिए ।

मुख्यमन्त्री चौधरीले देशलाई सफल बनाउन सरकार सक्रिय हुनुपर्ने बताए । प्रदेश सरकारले यस वर्षबाट नगद अनुदान हटाएर आर्थिक विकासका कार्यक्रम अगाडि बढाउनुपर्ने उनले बताए ।

बैठकमा सहभागीले प्रदेश सरकारले वन, नदी स्रोत र राजस्व सङ्कलनको विषय निकै जटिल भएकाले सहजीकरण गर्नुपर्ने सुझाव दिएका थिए । मुख्यमन्त्री चौधरीले बैंक निर्माण लगायतका योजनाबारे उल्लेख गरेका थिए । समन्वय नहुँदा योजना र कार्यान्वयनमा समस्या आएको र योजना दोहोरिएको उनले बताए ।

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले योजनालाई एकीकृत योजनामा राखेर कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताए । बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव, विभिन्न निकायका प्रमुख तथा स्थानीय नगरपालिका समितिका मनोनीत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा सरकारको अख्तियार, कार्य सम्पादन, नीति निर्माण र स्वीकृत वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको थियो । बैठकको विषयवस्तु प्रदेश सचिव नीरजन घिमिरेले जानकारी गराएका थिए । मुख्यमन्त्रीको संयोजकत्वमा रहेको समन्वय समितिको चार महिनामा नियमित बैठक बस्ने गरेको छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६