प्रदेश

शिवगढीको पर्यटन विकास का लागि महायज्ञ




चन्द्रौटा, ०५ मघ ।
शिवगढीको प्रचार प्रसार र संरक्षण गर्ने उदेश्यले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ रमुवादहमा श्रीमद्भागवत महापुराण सप्ताह धन धान्याचल ज्ञान महायज्ञ संचालन हुने भएको छ । शिवगढी पर्यटन विकास संस्थाको आयोजनामा यहि माघ १३ गतेदेखि २० गतेसम्म ज्ञान महायज्ञ संचालन हुने महायज्ञ मुल समारोह समितीका संयोजक मालबहादुर घर्तिले बताउनुभयो ।आज पत्रकार सम्मेलनको आयोजना गरी धन धान्याचल ज्ञान महायज्ञको तयारी र उदेश्यका बरेमा आयोजकले जानकारी गराएको हो । शिवगढी किल्लाको प्रचार प्रसार र संरक्षणका लागि शिवगढीको दक्षिणी प्रवेशद्वार पुरातात्त्विक, ऐतिहासिक स्थल रमुवनदहमा नव निर्मित शिव मन्दिरको समग्र भौतिक विकास पुर्वाधार निर्माण गरि सांस्कृतिक धार्मिक तथा पर्यटकिय स्थलका रुपमा विकास गर्ने उदेश्य सहित महायज्ञको तयारी गरीएकोे संयोजक घर्तिले बताउनुभयो ।

पत्रकार सम्मेलनमा शिवराज वडा नं ९ का वडा अध्यक्ष रामगोपाल चौधरीले ऐतिहासिका किल्लाको रुपमा रहेको शिवगढीको प्रचार प्रसारमा महायज्ञले भुमिका खेल्ने बताउदै वडा र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न तयार रहेको र महायज्ञ सफल पार्न लागि पर्ने बताउनुभयो । शिवगढीको प्रचार प्रसारका साथै महायज्ञबाट संकलित रकमबाट शिवगढी जाने बाटो निर्माण तथा शिव मन्दिरको व्यवस्थापन, मुर्ति निर्माण गरीने बताउनु भयो ।कार्यक्रममा पत्रकार महासघं प्रदेश सदस्य चिन्ता परीयारले संचार क्षेत्रबाट शिवगढीको प्रचार प्रसार र महायज्ञको सफलतामा मिडियोको तर्फबाट सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा शिवगढी पर्यटन विकास संस्थाका सस्थापक अध्यक्ष पनिराम रोका, महायज्ञ संचालन समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । महायज्ञका लागि ५५ सदस्यीय मूल आयोजक समिती, १५ सदस्यीय सचिवालय सहित ८ वटा उपसमितीहरु गठन गरी महायज्ञको तयारी भइरहेको बिक्रम केसिले जानकारी दिनुभयो ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६