अर्थ-वाणिज्य

महिलाहरुको लगानीमा खुल्यो महिला तथा बाल अस्पताल



बुटवल६ माघ । तिलोत्तमामा महिलाहरुको लगानीमा १५ शैय्याको महिला तथा बाल अस्पताल सन्चालन्मा आएको छ। महिलाहरुको लगानीमा १५ शैय्याको महिला तथा बाल अस्पताल सञ्चालनमा आएको हो । रुपन्देहीको तिलोत्तमामा निजी लगानीबाट ओम महिला तथा बाल अस्पताल स्थापना भएको छ । तिलोत्तमा ४ ड्राइभरटोलमा स्थापना भएको यो अस्पतालमा अधिकांश महिलाहरुको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरुले लिएका छन् ।
सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपेरिटेन्डेन डा। शर्मिला शर्माले जानकारी दिइन । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पतालले गत जेष्ठबाट निःशुल्क सेवा र श्रावणबाट नियमित सेवा दिईरहेको बताउँदै डा। शर्माले आगामी दिनमा सय शैय्यामा बिस्तार गरिने जानकारी गराइन। हालसम्म १७ सय बढीलाई सेवा प्रदान गरिसकेक यो अस्पतालबाट सुलभ, सुपथ र गुणस्तारीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन ।

अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको मात्रै सेयर पूँजी रहेको छ । अस्पतालमा प्रसूती सम्बन्धि सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सैं घण्टा इमर्जेन्सी अपरेशनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा, २४ सै घण्टा जनरल बेड र क्याविनहरुको सेवा सञ्चालनमा रहेको प्रवन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् ।

६५ जना कर्मचारीहरु कार्यरत अस्पतालमा सम्पूण प्रयोगशाला ओ टी सेट अप, एक्स रे सेवा, अल्ट्रासाउण्ड सेवा, गाइने सेवा म्यान्टिलेटर सहितको एनआईसियू सेवासँगै ल्याप्रोस्कोपी (दुरभिनद्वारा गरिने सल्यक्रिया सेवाहरु) पनि उपलब्ध रहेको छ । अस्पतालको आइतबार औपचारिक समुद्घाटन गरिँदै छ ।

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६