प्रदेश

जेसीआई कपिलबस्तुको अध्यक्षमा पौडेल, कानुनी सल्लाहाकारमा पाण्डे



कपिलवस्तु, ६ माघ । जेसिआई कपिलवस्तको अध्यक्षमा प्रविन पौडेल चयन भएका छन् । बर्ष २०२४ । २५ को लागि उनलाई सर्वसम्मत रुपमा शाखाको १४ औँ अध्यक्ष चयन गरिएको हो ।जेसिआई कार्यकारिणी उपाध्यक्षद्धयमा सन्तोष पाण्डे र मिन बहादुर थापा, उपाध्यक्षहरुमा किरण घिमिरे, राजन अर्याल, खिमानन्द घिमिरे, मदन अर्याल मनोनित भए । जेसिजको महासचिवमा भने जनक प्रसाद बेलबासे सर्वसम्मत भएका बताइएको छ । यस्तै कानुनि सल्लाहकारमा सुनिल पाण्डे सर्वसम्मत हुँदा कोषाध्यक्षमा झविन्द्र खनाल मनोनित भएका छन् ।

केहि समयपछि मनोनित सबैले एक समारोहकाबीच पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । जेसिजले लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा काम गरिरहेको छ भने युवाहरुमा क्षमता वृद्धि लगायतका काम पनि गरिरहेको छ । पौडेलले आफूलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्न भूमिका खेल्ने सबैलाई धन्यबाद दिए।

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६