प्रदेश

गिट्टी बालुवा बगेर भारत थुप्रियो सरकारलाई चासो छैनः कोषाध्यक्ष गिरी




कपिलवस्तु, ०७ माघ ।
नेपाल किसान ट्रेक्टर समितिको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज समितिको कार्यालय प्राङ्गण, बाणगंगामा साधारण सभा तथा ९ औँ अधिवेशन भएको हो । अधिवेशन भने जारी छ ।
अध्यक्ष पदका लागि आकांक्षी महासचिव झबिन्द्र खनाल, नेपाल किसान ट्रेक्टर समितीका बरिष्ठ उपाध्यक्ष बेचन यादव, पुर्ब उपाध्यक्ष निवर्तमान सल्लाहकार मनोहर योगी लगायतले मनोनय दर्ता गराउने भएका छन् । निर्वाचन भने माघको १० गते हुने महासचिव झविन्द्र खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल किसान ट्रेक्टर महासंघका केन्द्रिय कोषाध्यक्ष शिव गिरिले सरकारको नितिका कारण करडौ रुपैयाँको गिट्टी बालुवा बगेर भारत गएको बताउनुभयो । बर्खाको समयमा गिट्टी बालुवा निकाल्न नदिदा बर्षाको भेल सङ्गै मुल्यवान नदिजन्य पदार्थ बगेको उहाँले बताउनुभयो । अहिले राज्यले ट्रेक्टरलाइ कृषि सामाग्रीको रुपमा व्यवहार नगरेकोले सम्पुर्ण किसानहरु एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले किसानले व्याक्तिगत रुपमा भारत बाट ट्रेक्टर किन्न नपाउदा नेपालमा ट्रेक्टरको खरिद मुल्य अधिक रहेको बताउनुभायो ।

नेपाल ट्रेक्टर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष धुर्व कुमार धितालले तराईमा खेत जोत्न मात्र नभएर पहाड र हिमालमा सामान बोक्न पनि ट्रेक्टरको भुमिका महत्वपूर्ण रहेकोले सरकार यसका समस्या प्रति गम्भिर हुनुपर्ने बताउनुभयो । सरकारकै नितिका कारण ट्रेक्टर व्यवसायी मारमा परेको उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष शङ्कर पौडेलले अध्यक्षको प्रतिवदेन राख्दै कृषि पेशालाई आधुनिकीकरण गर्नको लागि ट्रेक्टरको प्रयोगलाई व्यवस्थित गराउन आवश्यक रहेको बताउनुभयो । कपिलवस्तु सहित नेपालका अधिकांश किसान ट्रेक्टरमा भर पर्ने भएकाले यसको महत्त्वलाई सरकारले बुझ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समितिका महासचिव झविन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु गिरीले आर्थिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष बेचन यादवले दुर्घटना प्रतिवेदन र लेखा समिति संयोजक पदम रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल किसान ट्रेक्टर समितिका अध्यक्ष शंकर प्रसाद पौडेलको अध्यक्षता नेपाल किसान ट्रेक्टर महासंघका केन्द्रिय कोषाध्यक्ष शिव गिरिको प्रमुख आतिथ्यता ,नेपाल ट्रेक्टर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष धुर्व कुमार धिताल, निवर्तमान अध्यक्ष मधु अर्यालको बिशिष्ट आतिथ्यता, वाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बावुराम अर्याल ,कानुनी सल्लाहकार ओम प्रकाश अर्याल , सामुदायिक रेडियो वाणगंगा स्टेशन म्यानेजर गणेश पोख्रेल, लगायतको उपस्थीती रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष हरि प्रसाद न्यौपानेले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन महासचिव झविन्द्र खनालले गर्नु भएको थियो ।

प्रकाशित : ७ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६