प्रदेश

खुर्पा र कोदालोले हानेर श्रीमतीको हत्या



नवलपुर, ०७ माघ ।

पूर्वी नवलपरासीको नवलपुरमा कोदालो र खुर्पा प्रहार गरी एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गएराती १ बजे हुप्सेकोट गाउँपालिका – ६ बिरुखर्कका ३३ वर्षीय शेरबहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्का मगरलाई कोदालो र खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

संगै सुतिरहेको अवस्थामा शेरबहादुरले श्रीमतीलाई कोदालो र खुर्पा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

शेरबहादुरलाई कोदालो र खुर्पा सहित नियन्त्रणमा लिएको र घटनास्थलमा प्रहरी टोली खटी गई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

प्रकाशित : ७ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६