अर्थ-वाणिज्य

दाङमा फेरि लामोदुरीको बस दुर्घटना २ को मृत्यु २ घाइते



दाङ, ८ माघ । दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।गएराति बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा गेरुवा गाउँपालिका १ निवासी ३६ वर्षीय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको र अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भइरहेको छ मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६