अर्थ-वाणिज्य

क्यान्सरको उपचारका लागि प्रदेश सरकारले दिने २ लाख साह्रै उपयोगी देखियो : मन्त्री चौधरी



दाङ १४ माघ । दाङको राप्ती गाउँपालिकामा १ दिने निशुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ ।राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाको वडा नं।५ सिसहनियाँ स्थित स्वास्थ्य चौकी सिसहनियाँमा उक्त शिविर सम्पन्न भएको हो। शिविरको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सांसद इन्द्रजित थारुले गरेका हुन् । सो अवसरमा बोल्दै सांसद थारूले क्यान्सर सम्बन्धी सचेतना जगाएर समयमै रोग पहिल्याउन सकियो भने धेरै हदसम्म रोग निको पार्न सकिने बताए ।

मानिसको जीवनशैली र खानपिनकै कारण पछिल्लो समय क्यान्सर रोगका बिरामीहरु वृद्धि हुँदै गएको बताउँदै उनले रोग लाग्नै नदिनका लागि पनि यस बारेको सचेतना अपरिहार्य रहेको बताए। त्यस्तै सांसद थारुले क्यान्सर रोग लागेका बिरामीहरुको उपचारका लागि स्थानीय सरकारको सिफारिसमा प्रदेश सरकारले दुई लाख रुपैयाँ सम्मको उपचार खर्च व्यहोर्ने बताए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्यान्सर रोगका लक्षण देखिएको तर आर्थिक अभावकै कारण उपचार गराउन नसकेका विपन्न नागरिकहरुलाई लक्ष्यित गरि शिविर सञ्चालन गरिएको बताए ।

सर्वसुलभ र गुणस्तरीय सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा पालिका प्रतिबद्ध रहेको बताउदै अध्यक्ष विष्टले आगामी दिनमा पनि यस प्रकारका शिविरहरु आयोजना गरिने बताए । त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले यस शिविरबाट बिरामीहरुले स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै उनीहरूको पैसा र समय दुबैको बचत भएको बताए । शिविर उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा नं। ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका कार्यवाहक अध्यक्ष इमरान खान, सदस्य मुविन खाँ लगायतको सहभागीता रहेको थियोे।

शिविरमा क्यान्सर रोग विशेषज्ञ डाक्टर साजन थापा, डाक्टर सुवास महेता, युरोलोजिस्ट डाक्टर विपिन गुराँगाई, जनरल एण्ड ईमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर खोम बहादुर चौधरी लगायतका चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा ४ सय ३६ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६