कृषि

बाणगंगाले १० प्रकारका सेवा विकटगाउ मेचकुरीमा पुगेर एकसाथ प्रवाह गर्यो



पार्वती पाण्डे

कपिलवस्तु १८ माघ । बाणगङ्गा नगरपालिकाको नगरक्र सबैभन्दा विकट मानिएको गाउ पटनाका् मेचकुरीमा पुगेर एकीकृत घुम्ती सेवा प्रवाह गरेकोछ । बाणगांगको वडा नं १० मेचकुरीडाँडामा भएको शिविरमा व्यापक जनसहभागितामात्रै जुटेन । सेवा प्रवाह पनि निकै ब्यवस्थित प्रभावकारी रुपमा भएको मेयर चक्रपाणी अर्यालले वताउनु भयो ।

शिविरवाट जेष्ठनागरिक परिचयपत्रवितरण ,स्वास्थ्य परीक्षण र आधारभुत औषधी वितरण , वालिविरुवा ,किटनासक औषधी वितरण ,आयुर्वेद स्वास्थ्य परिक्षण र औषधि वितरण ,र पशु स्वास्थ्य सिविरको सेवा प्रवाह गरिएको थियो । यसैगरी घर नक्सा पास परामर्स , सुरक्षित वैदेशिक रोजगार सम्बन्धि परामर्स , व्यवसाय दर्ता , राजस्व संकलन र अन्य सेवा सम्बन्धी परामर्श प्रदान गरीएको शिक्षा शाखा प्रमुख खिम वहादुर जिसीले वताउनु भयो ।

सबै सेवा लिन् सेवाग्राही शिविरमा उत्साह पूर्वक सहभागि भएपनि सबै भन्दा भिडभाड स्वास्थ्य शिविरमा देखिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनिले वताउनु भयो । शिविरमा ९ सय ८५ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । जसमा स्वास्थ्य शाखा अन्तर्गत प्राथमिक उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो  । उक्त शाखामा २ सय ३० जनाले सेवा लिएका छन् ।  आयुर्वेद तर्फ २ सय ६५ जनाले सेवा लिएको जनाइएको छ । 

प्रकाशित : १८ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६