प्रदेश

लुम्विनी प्रादेशिक अस्पतालमा आजबाट क्याथल्याव सेवा सुरु



बुटवल, ०३ फागुन । लुम्विनी प्रादेशिक अस्पतालमा आजबाट क्याथल्याव सेवा प्रारम्भ भएको छ। अस्पतालले सूरु गरेको यो सेवा संगै सर्वसाधारणको पहुचको अस्पतालको रुपमा चिनिदै आएको लुम्विनी प्रादेशिक अस्पतालमा मुटुका बिरामीहरुलाई राहत हुने भएको छ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा सुदर्शन थापाले आज एकै दिन २ जना बिरामीको एन्जियोग्राम गरेको बताए।
आज पहिलो दिन अस्पतालले गुल्मीका ७५ बर्षिय एक पुरुष र गुल्मीकै ७२ बर्षिय महिलाको सफलतापुर्वक एन्जियोग्राम गरेको बताए।

डा।थापाका अनुसार अस्पतालका मुटुरोग बिशेषज्ञहरु डा.अर्जुन बुढाथोकी र डा.रोशन घिमिरे साथै फिजिसियन डा. सुदर्शन थापा, एनेश्थेसिया डा. सुरेन्द्र कुवर,र डा. समिर आचार्य तथा रेडियोलोजि टेक्नीसियन बिजयध्वज बस्नेत र रेमन थारु संगै नर्सिङ स्टाफहरु लक्ष्मी पौडेल, सरीता क्षेत्री र रुस्मा बिसी सहितको टीमले उपचार गरेको थियो।

अस्पतालमा करिव डेढबर्ष अघि ६ करोड बढी खर्च गरेर क्याथल्याव स्थापना गरेको भएपनि मुटुरोगका एन्जियोग्राम गर्नुपर्ने बिरामीहरुले सेवा पाउन सकेका थिएनन्।

अस्पतालका प्रमुख डा थापाका अनुसार लुम्विनी प्रादेशिक अस्पतालमा २ जना मुटुरोग बिशेषज्ञहरुले दैनिक ६० जना बिरामीहरुको परिक्षण तथा उपचार गर्दै आएका छन्।

अस्पतालमा आएका मुटुको समयस्याका बिरामीहरु मध्ये सरदर १२ प्रतिसत जतिमा एन्जियोप्लाष्ट वा एन्जियोग्राम गर्नुपर्ने अवस्था देखिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा थापाले बताए। अव ति मुटुका ति बिरामीहरु बाहिर जानु पर्दैन सेवा दिन तयार भएका छौं तर अझैपनि हामीलाई जनशक्ती भने अभाव नै छ डा. थापाले भने।

यसअघि बुटवलमा समुदायले सञ्चालन गर्दै आएको गौतमबुद्ध मुटु अस्पतालमा मात्रै क्याथल्याव सेवा सञ्चालनमा थियो भने लुम्विनी प्रादेशिक अस्पतालमा समेत सेवा थपिएपछि एन्जियोग्रम र एन्जियोप्लाष्ट गर्नुका लागि बाहिर जानु पर्ने बाध्यकारी अवस्थाको अन्त्य भएको छ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६