खोज–अनुसन्धान

कृषि वन सम्बन्धी बहु-सरोकारवाला बिच छलफल



पशुपति गिरी ,बाणगंगा ।
कृषि ,वन विषयक बहुसरोकारवाला बिच छलफल कार्यक्रम बाणगंगा वडा नं.४मा सम्पन्न भएको छ ।कृषी वन सहज कार्यक्रम अन्तर्गत फुलवारी सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ७ क.व.को आयोजना तथा विश्व खाध्य संगठनको सहयोगमा भएको छलफल कार्यक्रममा बाणगंगा नगर प्रमुख ,उप प्रमुख ,वडा अध्यक्ष ,वडा सदस्य त्यसैगरी सामुदायीक वनका अध्यक्ष,तथा पदाधिकारीहरु र विभिन्न कृषी र्फमका सञ्चालकहरु लगायत सामुदायिक वनसँग आवद्ध सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

उक्त छलफल कार्यक्रमका प्रमुख अतिथी तथा बाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्यालले वनलाई बहुउपयोगि बनाउँदै वनलाई उद्योग,पर्यटन र कृषिसँग जोडन आग्रह समेत गर्नुभएको थियो । उहाँले वनमा रहेको खाली जग्गालाई सदुपयोग गरि कृषी सँग जोड्ने,रोजगारी सँग जोड्ने ,प्रर्वद्धन सँग जोड्ने जस्ता कार्यमा बढी लाग्न समेत सुझाव दिनुभयो ।

फुलबारी सामुदायीक वनका अध्यक्ष तथा सामुदायीक वन महासंघका कपिलवस्तु जिल्ला अध्यक्ष जयलाल गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी बाणगंगा नगर उप प्रमुख रिता कुमारी चौधरी ,सामुदायिक वन महासंघ केन्द्रीय सदस्य बालिका बुढाथोकी,महासंघ प्रदेश उपाध्यक्ष हुमनाथ भट्राई त्यसैगरी अतिथीहरुमा सामुदायिक वन महासंघ प्रदेश उपाध्यक्ष ,बाणगंगा वडा नं.७का वडा सदस्य हरि शंकर पौडेल,बाणगंगा नगरभित्रका सामुुदायीक वनका अध्यक्ष लगायतहरुले आ आफ्नो धारणा साथै शुभकामना मन्त्वय राख्नुभएको थियो ।

उक्त कार्यक्रमका अध्यक्ष गिरीले जिल्लामा संचालित वन तथा कृषि सहज कार्यक्रमका विषयमा जानकारी दिन र कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सरोकारवाला बिच छलफल भएको बताउनुभयो ।

उहाँलेवनमा आश्रित समुदायको आर्थिक विकासका लागि वन तथा कृषि सहज कार्यक्रम प्रभावकारी हुने र वन तथा कृषि सहज कार्यक्रमले देशको अर्थतन्त्र समेत बजबुत बनाउन सहयोग पुग्ने बताउदै वनमा आधारित उद्योग स्थापना ,उत्पादन र त्यसलाई बजारीकरण गरि वनमा आश्रित परिवारको आर्थिक विकाससँगै समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । फुलवारी सामुदायिक वनका कोषाध्यक्ष अमर गुरुङ्गको स्वागत मन्त्वयमा भएको कार्यक्रमको सञ्चालन सचिव मिना थापा क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६