खोज–अनुसन्धान

करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु




कपिलवस्तु १४ चैत ।कपिलवस्तुमा करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगर पालिका–१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका–९स्थित छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको करेन्ट लागेर मृत्यु भएको हो ।अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार आइतबार बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उनी रुखबाट भूइमा खस्नासाथ उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको मृत्यु भएको अस्पतालका एक कर्मचारी किशोर भण्डारीले बताए ।भण्डारीका अनुसार शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ । देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६