प्रदेश

उत्पादनमा आधारित कृषि अनुदान वितरण



सन्धिखर्क, २१ चैत्र । अर्घाखाँचीको शितगंगा नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिएपछि उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ वितरण गर्ने योजना बनाएको नगरपालिकाले हालसम्म ५० लाख रुपियाँ वितरण गरेको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ११ वीरखोलाका किसान सुरेन्द्र पुनले नगरपालिकाले अनुदान दिएपछि बाख्रापालन विस्तार गर्नु भएको छ । हाल ७० वटा बाख्रोपालन गर्नु भएको पुनले भन्नुभयो, “दुई वर्ष भयो बाख्रापालन गरेको अहिले बढाएको छु । अनुदान दिने प्रक्रिया सारै ढिला भएको छ । बजारको पनि व्यवस्थापन राम्रो भएको छैन ।”

किसानले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलका आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिकाका प्रमुख छविलाल पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक पहुँचका आधारमा कृषि अनुदान वितरण हुँदा वास्तविक किसानले नपाउने र दुरुपयोग पनि हुने सम्भावनालाई रोक्न उत्पादनका आधारमा अनुदान दिएका हौं । यसले स्थानीय उत्पादनलाई वृद्धि पनि गरेको छ ।”

कागजात हेरेर अनुदान दिने प्रचलनलाई नगरपालिकाले अन्त्य गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपियाँ, मासुमा प्रतिकिलो ५० रुपियाँ अनुदान दिइने भएको छ । यस्तै तरकारी, केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, किबी, एभोकाडो, कफीलगायतमा प्रतिबिरुवा एकसय रुपियाँ अनुदान दिएको छ ।

प्रमुख पौडेलले उत्पादनमा आधारित अनुदानका लागि एक करोड थप ५० लाख रुपियाँ बराबरको सिफारिस नगरपालिकामा आएको बताउनुभयो । नगरपालिकाले कृषि सहकारी र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान वितरण गर्दछ । विगतमा सहकारीमार्फत रकम दिदा स्थानीय कै गुनासो आएपछि सिधैँ किसानलाई दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले छ ।

अनुदान प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन गर्दै आएको छ । पालिकाका उत्पादनलाई बजारमा पुर्‍याउन कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन लागिएको छ । नगरपालिका दुग्ध, खसी र बोकाको मासुमा आत्मनिर्भर भएको छ । अण्डामा आत्मर्निभर उन्मुख रहेको प्रमुख पौडेलले बताउनुभयो ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६