देश

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्दैछौँः मन्त्री शर्मा



काठमाडौँ, २१ वैशाख । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको बताएकी छिन् ।उनले प्रेस स्वतन्त्रतालाई थप सुरक्षित गर्ने गरी एक वर्षदेखि सञ्चारसम्बन्धी कानुन निर्माण र पुनरावलोकनको काम भइरहेको जानकारी दिइन् ।

शुक्रबार राजधानीमा विश्व प्रेस स्वतन्त्रता दिवस तथा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुन मस्यौदा बनाउन काम भइरहेको जिकिर गरिन् ।

‘सरोकारवाला र जनताका सुझाव समेत लिएर कानुन निर्माण गर्ने कामलाई सरकारले प्राथमिकता दिएको छ । मिडिया काउन्सिल विधेयक संसद‍्मा पेस गरिएको छ । आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुनेछ’, मन्त्री शर्माले जानकारी दिँदै भनिन्, ‘त्यस्तै सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको विधेयक चाँडै मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरिएको छ । प्रक्रिया पुरा गर्न अर्थ, कानुन लगायत सहमतिका लागि लागिएकाले केही लामो भएको हो ।’

उनले खोजमूलक र पत्रकारिता गर्नका लागि सक्रियतापूर्वक लाग्न पत्रकारहरूलाई सुझाव दिइन् ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६